समाजसेवी न्यौपानेको अन्त्येष्टि
चितवन, ७ मङ्सिरः
दुर्घटनामा परी निधन हुनुभएका समाजसेवी राममणि न्यौपानेको आज अन्त्येष्टि गरिएको छ । शनिबार राति सवारी बा १८ च ८९७३ नं को बलेरो कालिका नगरपालिका–११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा दुर्घटना हुँदा उहाँको निधन भएको थियो । कङ्काली सामुदायिक वनका पूर्वअध्यक्ष एवं संरक्षण क्षेत्रमा क्रियाशील न्यौपाने आफैँले चलाउनुभएको बोलेरो सडकदेखि करिब १५० मिटर तल खसेको थियो । घाइते न्यौपानेको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
६२ वर्षीय न्यौपाने खैरहनी नगरपालिका–४ निवासी हुनुहुन्थ्यो । न्यौपानेको आज तीर्थस्थल देवघाटमा हिन्दू परम्पराअनुसार दाहासंस्कार गरिएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहनुभएको न्यौपाने यसअघि प्रदेशसभा सदस्यमा वागी उम्मेद्वार हुनुहुन्थ्यो । उहाँ रोटरी, रेड्क्रससँगै विभिन्न सामाजिक सङ्घ संस्थामा क्रियाशील हुनुहुन्थ्यो । खैरहनी नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउन उहाँको महत्वपूर्ण योगदान रहेको छ
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया