काठमाडाैं । नेपाल आर्मीले आफ्नै विभागीय टोली त्रिभुवन आर्मी क्लवका खेलाडीद्वय उसुका विजय सिन्जाली र करातेकी सानुमाया थिङलाई वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको छ ।
प्रधान सेनापति ट्रफी २०८२ को समापनको अवसरमा शुक्रबार आर्मीले क्लबका खेलाडीद्वय उसुका विजयलाई पुरुषमा र करातेकी सानुमायालाई महिलातर्फ वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरेको हो । गत वर्ष पाएका सफलताका आधारमा आर्मीले आफ्ना विभागका दुई खेलाडीलाई सम्मान गरेकाे छ। विजयले जापानमा भएको तेस्रो थाउलो विश्वकपमा काँस्य पदक जितेका थिए । सानुमायाले भने श्रीलंकामा भएको नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिपमा टिम कातातर्फ स्वर्ण र एकल कातामा रजत पदक जितेका थिए । उनै विजय र सानुमायालाई आफ्नै विभागले शुक्रबार सम्मान गरेकाे छ।
प्रधान सेनापति ट्रफीको समापन समारोहमा पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले विजय र सानुमायालाई अजयबल ट्रफी र २५ हजार नगद पुरस्कारसहित सम्मान गर्नुभएकाे थियाे । गत भदौ १७ देखि शुरु प्रधानसेनापति कपमा कुल १४ वटा टोलीले प्रतिष्पर्धा गरेका थिए । उक्त ट्रफीमा उपत्यका पृतना प्रथम र श्री नम्बर १६ बाहिनी अड्डा दोस्रो भयो । गणतर्फ पुरानो गण पहिलो र श्री जगदल गण दोस्रो हुन सफल रहेका हुन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वप्रधानसेनापति र बलाध्यक्षलगायतले खेलाडीहरूलाई पुरस्कृत गरेका थिए ।
सोहीअवसरमा उत्कृष्ट रेफ्रीलाई पनि सम्मान गरिएको थियो । ट्रफीमा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबलल गरी कुल आठ खेलमा प्रतिष्पर्धा भएको थियो । प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा साेही समापन कार्यक्रम भएको हो ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया