Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारएमालेमा महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्न चर्को शुल्क, केन्द्रले गर्यो पाँचबुँदे निर्देशन

एमालेमा महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्न चर्को शुल्क, केन्द्रले गर्यो पाँचबुँदे निर्देशन


काठमाडौँ :  महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार चर्को शुल्क तोक्न थालेपछि नेकपा एमालेले पाँचबुँदे निर्देशन जारी गरेको छ। नुवाकोट लगायत जिल्लाले आफूखुशी १० हजार रुपैयाँसम्म उम्मेदवार शुल्क तोक्न थालेपछि संगठन विभागले यस्तो निर्देशन दिएको हो।

विभागले अब बढीमा एक हजार रुपैयाँसम्म शुल्क निर्धारण गर्न भनेको छ। सोमबार राति भएको ‘भर्चुअल’ बैठकले निर्वाचन प्रक्रियामा प्रवेश गर्नुपूर्व केन्द्रीय कमिटीको परिपत्र अनुसार आआफ्नो निर्वाचन क्षेत्रको अन्तिम मतदाता–सूची अनिवार्यरूपमा प्रकाशन गर्ने भनेको छ। त्यस्तै कायम भएको अन्तिम मतदाता–सूचिको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन, निर्वाचन प्रक्रियाबाटै प्रतिनिधि छान्न र मंसिर १२ गते साँझसम्म सहमति गर्न भनेको छ।

सहमति नभए मतदानबाटै अनिवार्यरूपमा मंसिर १३ गते भित्र प्रतिनिधि टुंग्याउन पनि निर्देशन गरेको छ। यसैबीच कैलालीमा प्रतिनिधि बन्न चाहने नेताहरूको संगठित सदस्यता नै गायब पारिएको छ। केन्द्रीय सङ्गठन विभागले प्रमाणित गरेर आएको सूचीमा कैलालका १३ जना नेताहरूको नाम समावेश छैन। एमाले कैलाली इञ्चार्ज नारदमुनि रानाले पालिका वा जिल्ला तहबाट नाम पठाउँदा समस्या भएको हुन सक्ने बताए।

घटनाबारे छानिबिन गर्न तीन सदस्सीय समिति बनाइएको छ। नियतवश यस्तो काम गरेको पाइए कारबाही गर्ने रानाले बताए। नाम छुटेका नेताले भने पार्टीमा आफूहरू गुटबन्दीको शिकार बनेको र नियतवश नाम काटिएको आरोप लगाएका छन्। केन्द्रीय संगठन विभाग प्रमुश काशीनाथ दाहालले जिल्ला र प्रदेशकै सिफारिस अनुसार अन्तिम नामावली पठाइएकाले केन्द्रबाट कुनै पनि हेरफेर नभएको जिकिर गरे।



तपाईको प्रतिक्रिया