Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठखेलकुदएनपिएल क्रिकेटमा आज दुई खेल

एनपिएल क्रिकेटमा आज दुई खेल


काठमाडौं,११ मंसिर: राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुनेछन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा बिहान पौने १२ बजे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स भिड्दा अपरान्ह ४ बजे जनकपुर बाेल्ट्स र पाेखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

राेहित कुमार पाैडेलकाे कप्तानीमा रहेको लुम्बिनी अपराजित सुदूरपश्चिममाथि जित निकाल्ने लक्ष्यमा छ।
३ खेलमा १ खेल मात्रै जितेकाे लुम्बिनी छैटौं स्थानमा छ। आजकाे खेल जित्दै लुम्बिनी प्लेअफकाे सम्भावना जीवित राख्न चाहन्छ। साथै सुदूरपश्चिमकाे अपराजित यात्रामा पनि राेक लगाउने दाउमा हुनेछ।

दिपेन्द्रसिंह ऐरीकाे कप्तानीमा रहेकाे सुदूरपश्चिम लगातार चाैथाे जित निकालेर प्लेअफनजिक पुग्ने मुडमा छ। यसअघिका तीनवटै खेल जितेर अपराजित रहेकाे सुदूरपश्चिम छ अंकका साथ शिर्ष स्थानमा समेत छ।

यता अनिल शाहकाे नेतृत्वमा रहेको साविक विजेता समेत रहेकाे जनकपुर र कुशल भुर्तेलकाे कप्तानीमा रहेकाे पाेखरा प्रतियोगितामा पहिलाे जित निकाल्ने याेजनामा छन् ।
जनकपुर र पाेखरा यसअघि खेलेका दुबै खेलमा पराजित भएका थिए। पाेखरा पुछारबाट क्रमशः पहिलाे र जनकपुर दाेस्राे स्थानमा छ।
प्लेअफकाे सम्भावना जीवितै राख्न दुबै टाेलीलाई आजकाे खेल जित्नैपर्ने दबाव छ।



तपाईको प्रतिक्रिया