भक्तिमय सिर्जना लिएर जनक महरा भजन–संगीतमा सक्रिय
बैतडी ।
कलाकर्ममा २५ वर्षदेखि सक्रिय कलाकार जनक महराले आफ्नो पहिलो भजन–गीतको एल्बम सार्वजनिक गरेका छन् । ‘दर्शन दिनाकन’ र ‘त्रिपुरा भगवती मैया बजारमा छन्’ शीर्षकका दुई भजन सार्वजनिकसँगै उहाँको धार्मिक सिर्जनायात्रा औपचारिकरूपमा सुरु भएको हो ।
बैतडीको दशरथचन्द नगरपालिकाका स्थायी बासिन्दा महरा डेउडा, छलिया, ठाडीभाका लगायत सुदूरपश्चिमेली सांस्कृतिक गीत–संगीतका स्थापित नाम हुन् । उनले अहिलेसम्म ७० भन्दा बढी गीत बजारमा ल्याइसकेका छन् । तर भजन भने उनले पहिलोपटक सार्वजनिक गरेका हुन् ।
त्रिपुरा सुन्दरी मातामा समर्पित भजन सार्वजनिक भएपछि धेरै श्रद्धालु भक्तजन प्रभावित बनेका छन् । विशेषगरी ‘त्रिपुरा भगवती मैया’ गीतले त्रिपुरा मेला र दर्शनको वातावरण झनै उत्साहपूर्ण बनाएको श्रद्धालुहरूको प्रतिक्रिया छ। गीतले सुदूरपश्चिमेली लोकधुन, भक्ति भावना र सांस्कृतिक पहिचानलाई सशक्त रूपमा अभिव्यक्त गरेको देखिन्छ।
महरा सुदूरपश्चिमेली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय कलाकार मानिन्छन्। भजनमार्फत सांस्कृतिक तथा धार्मिक गीतको क्षेत्रमा पनि आफूलाई उभ्याउने लक्ष्य आफूले लिएको महराले बताए।
भक्तिभाव, मौलिक लय र क्षेत्रीय पहिचान मिसिएको जनक महराको यो पहिलो भजन–एल्बमले धार्मिक संगीतको क्षेत्रमा नवीन ऊर्जा थपेको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया