भक्तिमय सिर्जना लिएर जनक महरा भजन–संगीतमा सक्रिय
बैतडी ।
कलाकर्ममा २५ वर्षदेखि सक्रिय कलाकार जनक महराले आफ्नो पहिलो भजन–गीतको एल्बम सार्वजनिक गरेका छन् । ‘दर्शन दिनाकन’ र ‘त्रिपुरा भगवती मैया बजारमा छन्’ शीर्षकका दुई भजन सार्वजनिकसँगै उहाँको धार्मिक सिर्जनायात्रा औपचारिकरूपमा सुरु भएको हो ।
बैतडीको दशरथचन्द नगरपालिकाका स्थायी बासिन्दा महरा डेउडा, छलिया, ठाडीभाका लगायत सुदूरपश्चिमेली सांस्कृतिक गीत–संगीतका स्थापित नाम हुन् । उनले अहिलेसम्म ७० भन्दा बढी गीत बजारमा ल्याइसकेका छन् । तर भजन भने उनले पहिलोपटक सार्वजनिक गरेका हुन् ।
त्रिपुरा सुन्दरी मातामा समर्पित भजन सार्वजनिक भएपछि धेरै श्रद्धालु भक्तजन प्रभावित बनेका छन् । विशेषगरी ‘त्रिपुरा भगवती मैया’ गीतले त्रिपुरा मेला र दर्शनको वातावरण झनै उत्साहपूर्ण बनाएको श्रद्धालुहरूको प्रतिक्रिया छ। गीतले सुदूरपश्चिमेली लोकधुन, भक्ति भावना र सांस्कृतिक पहिचानलाई सशक्त रूपमा अभिव्यक्त गरेको देखिन्छ।
महरा सुदूरपश्चिमेली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय कलाकार मानिन्छन्। भजनमार्फत सांस्कृतिक तथा धार्मिक गीतको क्षेत्रमा पनि आफूलाई उभ्याउने लक्ष्य आफूले लिएको महराले बताए।
भक्तिभाव, मौलिक लय र क्षेत्रीय पहिचान मिसिएको जनक महराको यो पहिलो भजन–एल्बमले धार्मिक संगीतको क्षेत्रमा नवीन ऊर्जा थपेको छ।
ताजा अपडेट
- ‘पार्टी फुट्न दिन्न’ भन्ने गगनकै नेतृत्वमा आज कांग्रेस तेस्रो पटक विभाजन
- कांग्रेसमा फुटः दुई महामन्त्रीसहित तीन नेता ५ वर्षका लागि निलम्बित
- नेपाली कांग्रेस तेस्रोपटक फुटको संघारमा, विशेष महाधिवेशन विवाद तीव्र
- नेकपासँग उज्यालो नेपालको एकता हुँदैन: कुलमान घिसिङ
- कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका ४ बजे सारियो
- गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दै नेतृत्व हस्तान्तरणको माग
- सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
- सन् २०२५ मा जलवायु विपत्तिः पाँच हजारको मृत्यु, ३६० अर्ब डलर क्षति
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- बैतडीबाट एमालेका दामोदर भण्डारी एकल सिफारिस
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस, विभिन्न कार्यक्रम मनाइँदै
- नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको झलनाथको चिन्ता, सबै कम्युनिस्ट एक हुन् आह्वान
- प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज सिंहदरबारमा वार्ता


तपाईको प्रतिक्रिया